विश्व नेताहरू यूकेमा नयाँ बन्ने प्रधानमन्त्रीबारे

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ८ १४:४५ बजे
यूकेमा नयाँ बन्ने प्रधानमन्त्रीबारे

काठमाडौं । नयाँ ब्रिटिश प्रधानमन्त्रीको प्रतिस्पर्धामा ऋषि सुनकले हासिल गरेको जितलाई लिएर विश्व नेताहरूले प्रतिक्रिया जनाएका छन् ।धेरैले उनलाई बधाई दिँदै आशाहरु जगाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् लेखका छन्, 'तपाईँ प्रधानमन्त्री बनिरहँदा म विश्वव्यापी मुद्दामा निकट रहेर काम गर्न र रोडम्याप २०३० को कार्यान्वयन गर्न खोजिरहेको छु।'

युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिशेलले 'साझा चुनौतीहरूसँग जुझ्ने एकमात्र बाटो भनेको सहकार्य हुनेू जनाउँदै 'स्थिरता ल्याउनु नै तिनलाई जित्ने साँचो भएकोू बताएका छन्।आइरिस प्रधानमन्त्री माइकल मार्टिनले 'आफ्ना टापुहरू र विश्वभर सामना गरिएका महत्त्वपूर्ण मुद्दामा'सुनकसँग सहकार्य गर्न चाहेको बताएका छन्।

आइरिस टाइम्स पत्रिकाले सुनकको 'विवेकपूर्ण राजनीति'को पहिचान रहेको भन्दै स्वागत गरेको छ। ह्वाइटहाउसमा दीपावली मनाउने क्रममा राष्ट्रपति जो बाइडनले सुनक यूकेको भावी प्रधानमन्त्री हुने विषयलाई 'अभूतपूर्व क्षण'बताएका छन्। राष्ट्रपतिले उनलाई औपचारिक बधाई भने दिइसकेका छैनन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुनकको जितबारे अझै प्रतिक्रिया जनाइसकेका छैनन्। 

युक्रेनको संसदका प्रथम सहअध्यक्ष ओेलेकसान्ड कोर्निन्कोले सुनकलाई 'सहकर्मी' भन्दै स्वागत गरेका छन्। 

२०७९ कात्तिक ८ १४:४५ बजे

प्रतिक्रिया