नेपाल मजदुर किसान पार्टीको घोषणापत्र - समाजवाद, गोर्खा भर्ती,र कारखाना खोल्ने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ८ १४:१९ बजे
नेपाल मजदुर किसान पार्टी

काठमाडौं । आगामि मंसिरमा हसने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिसँगै विभिन्न राजनीतिक दलहर आाफ्नो चुनावी घोषणापत्र निमार्णमा जुटेका छन् ।

पार्टीहरु आफ्नो निर्वाचन घोषणापत्र ल्याउने अन्तिम त्यारीमा रहेका छन् भने विभिन्न दलहरुले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेमकिपाले चुनाव लक्षित घोषणापत्र सार्वजनिक गरेको हो। घोषणपत्रमा गोर्खा भर्ती खारेज गर्नेदेखि मुलुकमा रासायनिक मल कारखाना खोल्नेसम्मका विषय समेटिएका छन्।

घोषणापत्रमा माध्यमिक शिक्षा अनिवार्यरुपमा निशुल्क गर्नुपर्ने र विश्वविद्यालय शिक्षालाई सहज बनाउँदै लैजानुपर्ने उल्लेख  छ।

शिक्षामा बजेट बढाउनुपर्ने, स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्नेलगायत विषयहरु नेमकिपाले समेटेको छ। नेमकिपाले संघीयताको औचित्यमाथि प्रश्न उठाउँदै निर्वाचनपछि बलियो प्रतिपक्षको रुपमा संसदमा प्रस्‍तुत हुने जनाएको छ।

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो पार्टीले अहम भूमिका निर्वाह गर्ने घोषणापत्रमा उल्लेख छ। समाजवादको विकल्प नभएको ठहर्‍याउँदै नेमकिपाले वर्तमान राजनीतिक दलहरुको कार्यशैलीको तीव्र आलोचना गरेको छ।

भारतसँग भएको असमान सन्धीहरु खारेज गर्न आफ्नो पार्टीले पहल गर्ने घोषणापत्रमा उल्लेख गरेको छ

२०७९ कात्तिक ८ १४:१९ बजे

प्रतिक्रिया