पाल्पामा करेन्ट लागेर १ जनाको ज्यान गयो

श्रेष्ठले आज बिहान घर नजिकै दवदवेको रुखमा चढेर घाँस काट्दै गर्दा थ्रि फेसको लाइन छुँदा करेन्ट लागेको हो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ८ १३:४६ बजे
current

काठमाडौं । पाल्पामा करेन्ट लागेर मंगलबार बिहान एक जनाको ज्यान गएको छ । रामपुर नगरपालिका-९ जब्गादी बस्ने २९ वर्षका बिष्णुबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापाले बताएका छन् । 

श्रेष्ठले आज बिहान घर नजिकै दवदवेको रुखमा चढेर घाँस काट्दै गर्दा थ्रि फेसको लाइन छुँदा करेन्ट लागेको हो। भुईंमा खसेका उनको तत्कालै उद्धार गरी उपचारको मिशन अस्पताल तानसेनमा ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

२०७९ कात्तिक ८ १३:४६ बजे

प्रतिक्रिया