हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ८ ०७:२० बजे
मौसमपुर्वानुमान

काठमाडौ । हाल देशका पहाडी भू-भागहरुमा आंशिक वदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यता सफा रहेको जल तथा मौसमपुर्वानुमान महाशाखाले जनाएको छ ।  

मंगलबा दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक वदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

राती प्रदेश १ र वागमती प्रदेशमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक वदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ का थोरै स्थानहरु र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

 बुधबार दिउँसो प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक वदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती  र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

राती प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

बिहिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य वदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य वदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १, बागमती  र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

२०७९ कात्तिक ८ ०७:२० बजे

प्रतिक्रिया