आज लाग्दैछ सूर्यग्रहण -कहाँ-कहाँबाट हेर्न सकिन्छ ?

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ८ ०७:०९ बजे
सूर्यग्रहण

काठमाडौं । आज मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ। अपराह्न ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु हुने र साँझ ५ बजेर २४ मिनेटमा सकिने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। 

सूर्यास्त ५ः२४ बजे सूर्यास्त हुने भएकाले नेपालमा करिब ३२ मिनेटग्रहण देखिनेछ। तर ग्रहणले साँझ ६ः४५ बजेतिर मात्र छाड्ने कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताएका छन् ।  

यो ग्रहण नेपाललगायत भारत, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, मध्य एसिया, युरोप, उत्तर अफ्रिका,  मंगोलिया,  सिरिया र नर्वेलगायत देशबाट देख्न सकिने आचार्यले बताए।

खगोलविद् आचार्यले आँखाको ज्योतिमा गम्भीर असर पर्नसक्ने भएकाले नांगो आँखाले ग्रहण नहेर्न सुझाव दिए का छन् ।  ‘सूर्य ग्रहणविशेष किसिमको यन्त्रबाट मात्र हेर्नुपर्छ’ उनले भने, ‘विशेष किसिमको चस्मा, टेलिस्कोप, बाइनाकुलर प्रयोग गरेर ग्रहण हेर्न सकिन्छ।’

के हो खण्डग्रास ग्रहण? 

सूर्य र पृथ्वीको बीचमा पर्दा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण हुन्छ। सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास र आंशिक छेकेको अवस्थालाई खण्डग्रास भनिन्छ। 

खण्डग्रास ग्रहण समय–समयमा परिरहन्छ। खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछि मात्र लाग्ने खगोलशास्त्री हरले बताएका छन् । 

२०७९ कात्तिक ८ ०७:०९ बजे

प्रतिक्रिया