आज कुकुर तिहार

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ७ ०८:११ बजे
आज कुकुर तिहार

काठमाडौं । तिहारको तेस्रो दिन आज कुकुरलाई पूजा गरिदै छ ।  आज  कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर  मनाउने प्रचलन रहेको छ । 

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

२०७९ कात्तिक ७ ०८:११ बजे

प्रतिक्रिया