कोरोनाको नयाँ सव (एक्सबीबी) भेरियन्ट नेपालमा पनि भेटियो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ७ ०७:४७ बजे
कोरोनाको नयाँ सव (एक्सबीबी) भेरियन्ट

काठमाडौं । कोरोना नयाँ सव भेरिन्ट नेपालमा पनि भेटीएको छ । नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी) भेटिएको हो ।  नेपालमा पहिलो पटक एक्सबीबीका संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको मन्त्रालयले एक विज्ञप्ती मार्फत जनाएको छ ।  

मन्त्रालयले गएको साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो । यही क्रममा एक्सबीबी सव–भेरियन्ट पहिचान भएको हो । 

२०७९ कात्तिक ७ ०७:४७ बजे

प्रतिक्रिया