विकृतिका विरूद्ध बिचित्रको आलु पाटी !

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ७ ०७:३६ बजे
आलु पाटी

काठमाडौं। समाजमा ब्याप्त विकृति,विसङ्गती विरुद्ध सांकेतिक ब्यङ्ग प्रहार गर्दै हाँस्यब्यङ्गकारको जमघटका विच आलुपार्टी सम्पन्न भएको छ।

आलुपार्टीका संस्थापक वरिष्ठ हाँस्यब्यङ्गकार राम कुमार पाँडे निवास जावलाखेलमा खोर्सानीको धुप लगाइ शंख ध्वनिका साथ जोगीको फेरी लगाउँदै सुरु गरिएको आलु पार्टीमा समसामयिक बिषय र वस्तुस्थिति प्रती ब्यङ्ग गर्दै भट्याउँदै देउसी( भैलोको शैलीमा 'लौ -खा 'भन्दै भ्रष्टाचारीको सांकेतिक प्रतिकमा जुत्ताको तलुवाले हिर्काउँदै फरक शैलीबाट कलाकारहरूले तलुवा चटाएका थिए ।

आलुको शांकेतिक प्रतिकलाई सभापति र सभापत्नी बनाएर लाटोकोसेरोको प्रतिकलाई प्रमुख अतिथी मानिएको थियो। कार्यक्रममा सत्ता र कुर्सीको मोहमा परेका,७० काटेका बुढा नेताहरूलाई सांकेतिक ब्यङ्ग गर्दै राम कुमार पाँडेलाई कुर्सीबाट झारी चकटीमा सारेर नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नुपर्ने र बुढा पुस्ताले आराम गर्नुपर्ने सन्देश दिइएको थियो।  वि।सं २०३४ सालदेखि निरन्तर फरक शैलीमा काग तिहारका दिन मनाइने आलुपाटी ४५ बर्षदेखि चल्दै आएको छ।

बिगत केही वर्षदेखि काग तिहारकै दिनलाई हाँस्यब्यङ्ग दिवसका रुपमा पनि मनाउन थालिएको छ। आलु महिमा सुनाउँदै पाँडेले आलुको दाम सँगै बेथितिको चाङ बढेकोले ब्यङ्गलाई सुन्ने,बुझ्ने र बुझाउने अभियानको आवश्यकता माथि जोड दिए।

हाँस्यब्यङ् क्षेत्रका साहित्यकार तथा कलाकारहरू शैलेन्द्र सिंखडा, दिपाश्री निरौला,शिरोमणि दवाडी,डा।बम बहादुर जिताली,बिष्णु तिवारी, घनश्याम गौतम, कमल ओली,रितु कंडेल,मनोज आचार्य,अजय अधिकारी सुशील कार्टुनिष्टहरू अविन,रविन र अशोकमान लगायतले कविता,मुक्तक,नृत्य,गायन कला तथा कार्टुन चित्र प्रदर्शन गरेका थिए।

कार्यक्रममा ब्यङ्ग र प्रस्तुतिका आधारमा  प्रस्तोताहरूलाई सांकेतिक रुपमा विभिन्न दर्जाका आलु उपाधीले सम्मान गरिएको थियो। 

हातको पाखुरा आकारको कलमबाट नाम दर्ता गरेर सुरुवात गरी अन्त्यमा आलु पार्टीको परम्परा अनुसार आलुकै परिकार खाएर कार्यक्रम टुङ्याइएको थियो।

२०७९ कात्तिक ७ ०७:३६ बजे

प्रतिक्रिया