'अहिलेको चुनाव हारियो भने हालत खराब हुनेवाला छ'

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ५ १५:४८ बजे
प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले बहुमत ल्याएमा अहिले टिकट नपाएका नेताहरुले  अवसर पाउने बताएका छन् । उनले अहिलेको निर्वाचनमा आफुहरुले हारे हालत खराब हुने बताएका छन् । 

आज विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रममा उनले  यस्तो बताएका हुन् । आफूहरुले जितेर बहुमतको सरकार बनेमा अहिले अवसर नपाएकाहरुलाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा अवसर दिने  प्रचण्डले बताएका छन् । 

 गठबन्धनले जिते सबैलाई अवसर बन्ने बताउदै उनले भने , अहिले टिकट नपाउनुभएको या टिकट वितरणमा भन्याजस्तो नभएकोले मन खुम्चिएका साथीहरुलाई पनि भोलि हामी बहुमतको सरकार बनेपछि थुप्रै राजनीतिक नियुक्ति हुन्छन्, संवैधानिक नियुक्ति, राजदूतहरु के के हुन्छन् के के हुन्छ ।'

चुनावपछि अवसर पाउँदा अहिले असन्तुष्ट हरु पनि खुशी हुने प्रचण्डको भनाई रहेको छ । सत्तारुढ गठबन्धनका दलभित्र, एकअर्का दलबीच भएका समस्या थाती राखेर चुनावमा होमिन प्रचण्डले आग्रह गरे ।

२०७९ कात्तिक ५ १५:४८ बजे

प्रतिक्रिया