तिहार र छठको अवसरमा नेपाल टेलिकमको नयाँ अफर

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ५ १५:३७ बजे
नेपाल टेलिकमको नयाँ अफर

काठमाडौं । नेपाल टेलिकमले तिहार, छठ तथा म्हपूजाका अवसरमा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर ल्याएको छ ।  उक्त अफरहरू कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म लागु हुने भएका छन् । 

डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु। ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिन्छ । 

 प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले  *1415#   डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । रु. २०० देखि रु.४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी पहिलो पटक भोल्टीसेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भोल्टी सेवा पनि उपलब्ध गराइएको छ ।

२०७९ कात्तिक ५ १५:३७ बजे

प्रतिक्रिया