दैजी-जाेगबुडा सडकखण्ड ४ महिनापछि खुल्याे

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ५ १३:५१ बजे
दैजी-जाेगबुडा सडकखण्ड

डडेल्धुरा। अविरल बर्षाका कारण अवरूद्ध बनेको दैजी-जोगबुडा सडकखण्ड सुचारू भएको छ। गत असार १३ गतेको बर्षाले अवरूद्ध बनेको सडक करिव ४ महिनापछि खुलेको हो।

यसअघि दशैं पहिले नै बाटो खुलाउने प्रयास भएपनि असोज १९ गतेदेखि परेको अविरल बर्षाले सफल हुन सकेको थिएन।

कञ्चनपुरतर्फ २२ र डडेल्धुरातर्फ १७ किलोमिटर गरि कुल ३९ किलोमिटर दुरी रहेको सो सडक २ खण्डमा कालोपत्रे गर्नेगरि काम सुरू भएपनि अलपत्र छ।

कञ्चनपुर तर्फको ठेक्का पाएको निर्माण कम्पनी नागार्जुन कन्स्ट्रक्सनले तरलताको समस्या देखाउँदै बैशाखमा काम रोकेको थियो।

२०७९ कात्तिक ५ १३:५१ बजे

प्रतिक्रिया