सुडानको जातीय द्वन्द्वमा १५० जनाको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ५ ११:१७ बजे
सुडान

काठमाडौं । सुडानको दक्षिणमा रहेको ब्लू नाइल राज्यमा पछिल्ला दुई दिनमा जातीय द्वन्द्वकारण कम्तीमा १५० जनाको ज्यान गएको छ । गत हप्ता भूमि विवादपछि प्रतिद्वन्द्वी जातीय समूहहरूबीच हिंसा भड्किएको थियो जसमा एक दर्जनभन्दा बढीको ज्यान गएको छ ।

हिंसा नियन्त्रण गर्न रातभर कर्फ्यू लगाइएको थियो । लागावामा हिंसा बढेको र ब्लू नाइल क्षेत्रमा द्वन्द्वको पुनरुत्थानबाट चिन्तित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

'सुरक्षासहित स्थानीय समुदायको आवश्यकतालाई प्राथमिकता दिने र द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्ने पूर्ण रूपमा कार्यात्मक विश्वसनीय सरकार बिना दिगो शान्ति सम्भव छैन', सुडानमा संयुक्त राष्ट्र संघको एकीकृत संक्रमण सहायता मिसनले एक विज्ञप्तिमा भनेको छ । सुडानमा गत वर्षको सैन्य विद्रोहपछि राजनीतिक अशान्ति र हिंसा भइरहेको छ

२०७९ कात्तिक ५ ११:१७ बजे

प्रतिक्रिया