ओलीले चुनाव जिते देश नै छोडेर हिड्नु पर्ने अवस्था आउने माधव नेपालको दाबी

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ २१:२३ बजे
माधव नेपाल

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओलीले चुनाव जिते देश नै छोडेर हिड्नु पर्ने अवस्था आउने दाबी गरेका छन्। 

सत्ता गठबन्धनले बुटवलमा आयोजना गरेको भेलामा बोल्दै नेता नेपालले ओलीलाई हेर्दा नयाँ तानशाह र हिटलरको जन्म भएजस्तो लाग्ने बताउँदै उनीसँग  सजकता अपनाउनु आवश्यक रहेको बताएका हुन् ।  उनले भने, ‘ओली सुध्रिनेवाला छैनन् । नयाँ तानाशाह र हिटलरको जन्म भएको जस्तो छ । होसियार रहनुहोस् । उनले बहुमत ल्याए भने देश छोडेर भाग्नुपर्छ । उनीसँग प्रतिगामी शक्तिसँग साँठगाँठ छ।इतिहासको रक्षानमा फालिएको शक्तिसँग उनको साँठगाँठ छ। ’एक कार्यक्रममा माधव नेपालले फिरि भिसा फिरि टिकटको कुरा गरेको एमाले अध्यक्ष ओलीले पनि कडा प्रहारका साथ जवाफ दिदै कसलाई दिदै हो  भन्दै प्रश्न समेत गरेका थिए ।    

२०७९ कात्तिक ४ २१:२३ बजे

प्रतिक्रिया