लम्कीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ २१:०९ बजे
प्रहरी हवल्दारको ज्यान गयो

काठमाडौं । कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको ढुङ्गे बजार नजिकै बसले ठक्कर दिँदा इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय नेत्रप्रसाद जैशीको ज्यान गएको प्रहरीले जनाएको छ । 

 उनि सवार से१ ब २१६ नम्बरको मोटरसाइकललाई ना ६ ख ७४५९ नम्बरको बसले पछाडीबाट ठक्कर दिएको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीका अनुसार दुर्घटनामा घाइते उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो ।

लम्कीचुहा नगरपालिका घर भएका जैसी कार्यालयकै काममा वडा नम्बर ३ को बलचौरमा खटिएका थिए । बस र चालक ज्यातीसिंह चौधरीलाई प्रहरीको नियन्न्त्रणमा  रहेका छन् । 

२०७९ कात्तिक ४ २१:०९ बजे

प्रतिक्रिया