देउसीभैलो बिहान ७ देखि बेलुकी ७ बजेसम्म मात्र खेल्न पाइने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ २०:५९ बजे
देउसीभैलो

काठमाडौं । सुर्खेतमादेउसीभैलो बिहान ७ बजे देखी बेलुका ७ बजे सम्म मात्रै पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र देउसी भैलो सञ्चालन गर्न अनुरोध गरेको छ ।

प्रशासनले तिहारको समयमा कानुन विपरीतका अवाञ्छित गतिविधि नहुने गरी मात्रै देउसी भैलो, नाचगान गर्न आग्रह समेत गरेको छ ।  यो समयमा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न समेत नगर्न  आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद सूचनाको अवज्ञा गरेको खण्डमा कानुन बमोजिम कारबाही हुने जनाएका छन् ।  

२०७९ कात्तिक ४ २०:५९ बजे

प्रतिक्रिया