श्रीमतीे हत्या आरोपमा श्रीमान पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ १५:०१ बजे
श्रीमान पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा मुसिकोट नगरपालिका-७, बसेरी बस्ने ४२ वर्षीय सुर्य कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनलाई ४० वर्षीया ताल कुमारी कुमालको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारका क्रममा  ज्यान गएको हो ।  घटनापश्चात् जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सुर्य कुमारलाई पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेका छ  । 

२०७९ कात्तिक ४ १५:०१ बजे

प्रतिक्रिया