ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ १४:४२ बजे

काठमाडौं ।  उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  त्रियुगा नगरपालिका-१५, दहरमा ट्याक्टर दुर्घटना हुँदा चालकको  ज्यान गएको हो । त्रियुगा नगरपालिका-१३, असारीका २२ वर्षीय विकाश राईको  दुर्घटनामा परी  ज्यान गएको हो । 

 गम्भीर घाइते भएका  राईको उपचारका क्रममा आज शुक्रबार बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा ज्यान गएको हो ।  प्रदेश २-०१-००१ त १०३३ नम्बरको ट्याक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। 

२०७९ कात्तिक ४ १४:४२ बजे

प्रतिक्रिया