‘गठबन्धनलाई भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ’

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ १४:०८ बजे
प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने चुनावमा  गठबन्धनमा रहेका सबै पार्टीहरुलाई भोट हाल्नुपर्ने बताएका छन् । आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान नलिन सत्ता गठबन्धनका नेता कार्यकर्तालाई आग्रह गदै उनले यस्तो बताएका हुन् ।  

सत्ता गठबन्धनले शुक्रबार पोखरामा गरेको कार्यक्रममा प्रचण्डले कतिपयलाई गठबन्धनको अर्को दलको निर्वाचन चिह्न स्वीकार गर्ने गरेको बताउदै यस्तो बताएका हुन् ।  

उनले भने ‘स्थानीय तहको निर्वाचनमा सबभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् । तर सोचेजस्तो भएन’, उनले भने, ‘गठबन्धनलाई भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’

हसिया हथौडालाई रूखमा, रूखलाई हसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं’, उनले भने, ‘गठबन्धन गर्दा नै सबै चिनाव चिह्न स्वीकार गरेका हौं । आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ ।’

२०७९ कात्तिक ४ १४:०८ बजे

प्रतिक्रिया