आचारसंहिता उल्लङ्घन गर्नेविरुद्ध कारबाही गर्नुपर्दा भूकम्प आँउछ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ १३:५९ बजे
दिनेशकुमार थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लङ्घन गर्नेविरुद्ध कारबाहीले राजनीतिक वृत्तमा भूकम्प आउने  बताएका छन् । 

विराटनगरमा प्रदेश १ स्तरीय मिडिया अभिमुखीकरणको उद्घाटन कार्यक्रममा आज शुक्रवार उनले आचारसंहिताको पालना किन भएन भनेर स्पष्टीकरण सोध्दा कोकोहोलो मच्याएको भन्दै हप्ता र दश दिनपछिको आयोगको निर्णयले भूकम्प आउने  बताएका छन् । 

राजनीतिक दलका नेताहरू आफैँले पालना गर्छु भनेर दस्तखत गरेको निर्वाचन आचारसंहिताको पालना नगर्नेहरू कारबाहीको भागिदार हुने उनको भनाई रहेको छ । स्पष्टीकरण सोध्नु भनेको कारबाही नभइ यसको सुरुवात भएको भन्दै उनले  आचारसंहिता उल्लङ्घन गर्नेहरु कारबाहीका लागि पनि तयार हुनुपर्ने  बताएका छन् ।  

‘स्पष्टीकरण सोध्दा तरङ्ग पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि रु, चुनावलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको उनले बताएका छन् ।  

२०७९ कात्तिक ४ १३:५९ बजे

प्रतिक्रिया