मैले हारेँ जसले जसलाई पनि मुद्दा हाल्न मिल्‍ने हुन्छः अपूर्वक्षितिज सिंह

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ १२:४३ बजे
अपूर्वक्षितिज सिंह

काठमाडौं । कमेडियन अपूर्वक्षितिज सिंहले आफू हारे जसले जसलाई पनि मुद्दा हाल्न सकिने 'नजीर' बस्ने बताएका छन् । 

बिहीबार साढे २ लाख धरौटीमा छुटेका अपूर्वक्षितिज सिंहले शुक्रबार आफ्नो फेसबुक मार्फत यस्तो बताएका हुन् । उनले कमेडी गरेकै भरमा कमेडियनलाई थुनेको यो पहिलो घटना भएको पनि उनले बताए।

‘उनले फेसबुकमा भनेका छन्, यो हार्‍यो भने जसले जसलाई पनि मुद्दा हाल्न मिल्छ। कसैले केही बोल्न पाउँदैन । मान्छे किन देश छोडेर जान्छन् भन्ने मैले बल्ल बुझ्दैछु। तर म जान्नँ, यो केस म जितेर नै छाड्छु। सिए पढेको मान्छे हो, हार्न सिकेको छैन। यो मेरो मात्रै मुद्दा होइन। यो हामी सबै नेपालीको वाक स्वतन्त्रताको लागि हो।’

उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।

कमेडियन अपूर्वक्षितिज सिंहले गरेको स्ट्यान्डअप कमेडीले नेवा समुदायमाथि चोट पुगेको भन्दै चार वटा शीर्षकमा प्रहरी कार्यालयमा जाहेरी परेको थियो। सरकारी वकिलको कार्यालयले अपूर्वक्षितिजलाई एक देखि पाँच वर्षसम्मको सजाय माग गरेको छ।

२०७९ कात्तिक ४ १२:४३ बजे

प्रतिक्रिया