भोलीबाट प्रदर्शनमा आउने ‘के घर के डेरा’

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ १६:०० बजे
‘के घर के डेरा’

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ भोलि शुक्रबारबाट नेपालभर  प्रदर्शन आउने भएको छ । फिल्मका लागि बुधबारबाट मल्टिप्लेक्सले बुकिङ खुला गरेका छन् । फिल्मले मल्टिप्लेक्स हलमा उच्च शो पाएको छ ।

फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपीन कार्की, वर्षा राउत, रवीन्द्र झा, लक्ष्मी गिरी, कोसिस क्षेत्री, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल,  भोलाराज सापकोटा, घनश्याम जोशी, आयुषा ढकालको अभिनय  रहेको छ ।

सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल तथा कोसिस क्षेत्रीको संगीत, दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् ।

२०७९ कात्तिक ३ १६:०० बजे

प्रतिक्रिया