तिहारको बीचमा पढाउने विद्यालयलाई पालिकाले केहि गर्न नपाउने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ १५:२० बजे
विद्यालय

काठमाडौं । कपिलवस्तुमा तिहारको विदामा पनि विद्यालयहरु खुल्ने  भएका छन् कपिलवस्तुको शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय खोलेकै आधारमा विद्यालयलाई कारबाही नगर्न बाणगंगा नगरपालिकालाई पत्र काटेको छ ।

बाणगंगा नगरपालिकाले दशैं तिहारको बीचमा पठन पाठन गर्ने नगरभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने र नगरपालिकाबाट दिइने कुनै सुविध नदिने सुचना जारी गरेको थियो । त्यसविरुद्ध विद्या मन्दिरका संस्थापक प्रिन्सिपलले शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुमा उजुरी दिएका थिए ।

 इकाइले नगरपालिकालाई पत्र पठाउँदै भनेको छ, ‘नेपाल सरकारले निषेध गरेको समय बाहेक विद्यालय खोली पठनपाठन गरे बापत विद्यालयलाई कारबाही गर्न मिन्ले कानुन संघीय शिक्षा ऐन तथा नियमावलीमा कतै पनि व्यवस्था नभएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

२०७९ कात्तिक ३ १५:२० बजे

प्रतिक्रिया