काठमाडौं । डेंगुका कारण कञ्चनपुरमा एकी किशोरीको ज्यान गएको छ । कञ्चनपुरमा १६ वर्षीया किशोरीको ज्यान गएको हो । डेंगुले बेलौरी नगरपालिका–१० की दीपा चौधरीको ज्यान गएको हो ।
बुधबार साँझ उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुगाइएकी चौधरीको डेंगुका कारण मृत्यु भएको हो। दुई सातादेखि उनलाई डेंगुमा लक्षण देखिएका थिए ।
ज्वरो बढेपछि थप उपचारको लागि एक साता अघि उनलाई धनगढी ल्याइएको थियो। तर, उपचारकै क्रममा उनको बुधबार साँझ मृत्यु भएको हो । चौधरी गाउँकै एक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्।
प्रतिक्रिया