काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १३७९ नम्बरको जीप बिहीबार बिहान ११ बजेतिर लेट्ठेकोटमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर जीप चालक बैतडीको डिलाशैनी गापा-७ बस्ने २२ वर्षीय महेशराज जोशी, सोही गापाका ७० वर्षीय नारायणदत्त जोशी, ५४ वर्षीय हर्कबहादुर बोहरा, कञ्चनपुरको कृष्णपुर नपा-४ बाणीका ३५ वर्षीया अम्बिका जोशी, सोही ठाउँका ३८ वर्षीय मदनराज जोशी र ६ वर्षीय कपिलराज जोशी रहेका छन्।
बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार जिप सडकबाट १०० मिटर तल खसेको छ। घाइतेलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पुर्याइएको छ । दुर्घटनाका कारण खुल्न सकेको छैन।
प्रतिक्रिया