काठमाडौं । मुगु जिल्ला अस्पतालमा विद्युत् नहुँदा स्वास्थ्य सेवाहरु अवरुद्ध भएका छन् । स्वास्थ्य सेवा अवरुद्ध हुँदा सेवा ग्रहारी मारमा परेका छन् ।
गत साताको भीषण बाढी पहिरोले गमगाढ साना जलविद्युत् आयोजना अवरुद्ध बनाएपछि विद्युत्को समस्याले जिल्ला अस्पतालमा ल्याब, एक्सरे, अक्सिजन प्लान्ट सञ्चालन आउन सकेका छैनन् ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख उमेश गौतमका अनुसार विद्युत्को समस्याले अस्पतालमा सेवा प्रवाह गर्न कठिनाई भएको छ ।अक्सिजन प्लान्ट बन्द हुँदा बिरामीलाई गाह्रो भएको उनले जनाएका छन् ।
दुई वर्षअघि अस्पतालमा कोरियाली सरकारले जडान गरेको ६३ किलोवाटको शौर्य उर्जा प्रविधि पनि बिग्रिएको र जेनेरेटर सञ्चालन गर्न गमगढीमा पेट्रोल पनि पाउन मुस्किल हुन थालेपछि चिकित्सकलाई बिरामीको उपचार गर्न असहज भएको हो । विद्य्ल अवरुद्ध हुँदा उपचार मात्रै नभई अन्य कार्यहरु गर्न पनि असहज भएको छ ।
प्रतिक्रिया