'निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगरौं'

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ १४:११ बजे
निर्वाचन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण आग्रह गरेका छन् । उनले विभिन्न सञ्चार माध्यमहरुलाइ यस्तो आग्रह गरेका हुन् । 

निर्वाचन आयोगले सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटासँग आज सञ्चारकर्मीलाई आयोजना गरेको भर्चुअल तालिममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले सञ्चारमाध्यम स्वनियमन र स्वनियन्त्रित हुनुपर्नेमा आयोगले जोड दिँदै आएको  बताएका छन् । 

उनले आयोगले निर्वाचन आचारसंहितामा पहिलोपटक मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई व्याख्या गरी त्यसको नियमनको प्रबन्ध गरेको जनाउँदै आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई नियन्त्रण नभइ नियमन गराउन खोजेकाले सबैको सहयोगको आवश्यकता रहेको उनको भनाइ रहेको छ ।  

 थपलियाले निर्वाचनको निष्ठा र स्वच्छता कायम गर्न तथा निर्वाचनसम्बन्धी सूचनालाई व्यवस्थितरुपमा सहजीकरणका लागि आयोगमा प्रेस कार्यालयको स्थापना गरी काम भइरहेको प्रमुख आयुक्त थपलियाले जनाएका छन् । 

२०७९ कात्तिक ३ १४:११ बजे

प्रतिक्रिया