जकार्ताको इस्लामिक सेन्टरको ग्रान्ड मस्जिदमा आगलागी

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ ११:०० बजे
मस्जिदमा आगलागी

काठमाडौं । बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सबैभन्दा ठूलो मस्जिदको गुम्बज भीषण आगलागीका कारण भत्किएको छ ।जकार्ताको सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार यो घटना उत्तरी जकार्ताको जामी मस्जिदमा बुधबार दिउँसो स्थानीय समय अनुसार ३ बजे भएको हो । मस्जिदमा मर्मतको काम चलिरहेको थियो ।

जकार्ता ग्लोबको समाचार अनुसार यो मस्जिद इस्लामिक अध्ययन र विकाससँग जोडिएको थिंक ट्याङ्क जकार्ता इस्लामिक सेन्टरको परिसरमा बनेको हो।सामाजिक सञ्जालमा शेयर भइरहेको यो घटनाको भिडियोमा गुम्बज खसेलगत्तै चारैतिर धुवाँको मुस्लो देखिन थाल्छ । आगो निभाउन १० वटा दमकल घटनास्थलमा पुगेका थिए ।

इन्डोनेसिया न्युज नेटका अनुसार करिब २० वर्ष पहिले सन् २००२ को अक्टोबरमा यस मस्जिदको मर्मतका क्रममा आगलागी भएको थियो । त्यतिबेला आगो निभाउन पाँच घण्टा लागेको थियो । प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

दुर्घटनाको कारण पत्ता लगाउने कार्य भइरहेको र मस्जिद मर्मत गर्ने ठेकेदार कम्पनीका चार जना कामदारलाई सोधपुछ गरिने प्रहरीले जनाएको छ ।एजेन्सी 

२०७९ कात्तिक ३ ११:०० बजे

प्रतिक्रिया