तिहार तथा छठमा प्लाष्टिकजन्य फूलमालाको खरिद बिक्री गरे एक लाख जरिवाना

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ १०:५६ बजे
प्लाष्टिकजन्य फूलमाला

काठमाडौं । वातावरण विभागले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण नगर्न  अनुरोध गरेको छ । 

तिहार तथा छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न विभागले आग्रह गरेको हो। विभागले सूचना निकालेर गएको साउन १२ गतेदेखि नै प्लाष्टिकजन्य फूल, माला, तथा गुच्छाको उत्पादन, आयात र बिक्रि वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको जनाएको छ ।

‘सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६)ले दिएको अधिकार प्रयोग गरी मिति २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको विषय सर्वविदितै छ, नजिकिँदो तिहार र छठजस्ता चाड पर्वहरूमा यस्ता प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’ सूचनामा उल्लेख छ। 

नियम विपरीत कसैले यस्ता फूलमालाको प्रयोग गरेको वा बिक्री गरेको पाइए वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाख रुपैयाँसम्मको जरिवाना हुने विभागले सुचना मार्फत जानकारी दिएको छ । 


२०७९ कात्तिक ३ १०:५६ बजे

प्रतिक्रिया