काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार(८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिँदा बसमा सवार ३० जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजु केसीका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइते तीन जनालाई विराटनगर पठाइएको छ ।
प्रतिक्रिया