काठमाडौं । कर्णाली प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाहरूका परिवारलाई काजकिरिया खर्चबापत जनही २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट मृत्यु भएकाहरूका परिवारलाई तत्कालका लागि किरिया खर्चबापतको रकम उपलब्ध गराइने मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिएका छन् ।
पहिरोबाट ज्यान गुमाउने प्रदेशभरका सबै मृतकका परिवारलाई किरिया खर्च बापत रकम दिइने उनले बताएका छन् ।
कर्णाली प्रदेश प्रहरीका अनुसार पहिरोमा परी कर्णालीमा ३७ जनाको मृत्यु भएको छ । अझै १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रदेश सरकारकै सहयोगमा पहिरोबाट घाइते भएकाहरूको उद्धार र राहत सहयोग गर्ने कार्य पनि भइरहेको मुख्यमन्त्री शाहीले बताए ।
प्रतिक्रिया