काठमाडौं । तातोपानी आसपास केन्द्रविन्दु बनाएर ५.९ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकको तातोपानीनजिक केन्द्रबिन्दु बनाएर भुइँचालो गएको हो ।
बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्पका कारण काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुंगालगायतका जिल्ला, छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का महसुस भएको थियो ।भूकम्पबाट भएको क्षतिको विवरण आउन भने बाँकी रहेको छ ।
प्रतिक्रिया