सामाजिक सञ्जालबाट गायब भिटेन

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ १३:०६ बजे

काठमाडौं । नेपाली र्यापर भिटेन (समिर घिसिङ) को पछिल्लो समय विभिन्न आलोचना खेपिरहेका छन् । भिटेन मंगलबारदेखि सामाजिक सञ्जालमा सुन्य भएका छन् । 

गत साता जापानमा उनले कन्सर्टमा गरेको हर्कतले गर्दा सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो ।

उक्त कन्सर्टमा बोतलले आफ्नो टाउकोमा हान्दै अब कहिल्यै कन्सर्ट नगर्ने बताएका थिए । असोज २४ गते जापानमा भएको उक्त कन्सर्टको हर्कतपछि उनलाई मानसिक रोगी भएको भन्दै धेरैले उपचार गर्न सुझाव दिएका थिए । 

अन्तर्राष्ट्रिय टुरमा रहेका भिटेन अहिले कहाँ के गर्दै छन् भन्ने कुराको कुनै जानकारीसमेत छैन । उनले आफ्नो फेसबुक पेज डिलिट गरेका छन् । इन्स्टाग्राम प्रोफाइलमा पनि दुई ओटा फोटोमात्र रहेका छन् । अन्य फोटो भने हाइड गरिएको आशंका छ ।

२०७९ कात्तिक २ १३:०६ बजे

प्रतिक्रिया