फागुनमा रिलिज हुँदै ‘फुलबारी’

मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा ‘कबड्डी’ श्रृंखलाका निर्माता मणिराम पोखरेल रहेका छन्

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ १२:१७ बजे
‘फुलबारी’

काठमाडौं । रामबाबु गुरुङको निर्देशन रहेको पछिल्लो फिल्म  ‘फूलबारी’ फागुनमा रिलिज हुने भएको छ । सम्पूर्ण छायांकन सकाएर पोष्ट प्रोडक्सनमा रहेको फिल्म ५ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने निर्माण युनिटले बताएको छ । ७ फागुन प्रजातन्त्र दिवस र ९ ग्याल्पो ल्होछारको सार्वजनिक विदा परेर फिल्म प्रदर्शनमा गरिने भएको छ । फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, सृजना सुब्बा, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको अभिनय छ ।

यशोधा फिल्मस्को ब्यानरमा निर्मित फिल्मको कथा तथा कन्सेप्ट कमल किशोर मलपानीको हो भने पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संयुक्त संगीत रहेको रहेको छ । 

मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा ‘कबड्डी’ श्रृंखलाका निर्माता मणिराम पोखरेल रहेका छन् ।

२०७९ कात्तिक २ १२:१७ बजे

प्रतिक्रिया