प्रचण्डकाे ठम्याई : अहिले पनि रक्तपात युद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ ११:२९ बजे
प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले शान्तिपूर्ण भनिएपनि रक्तपातपूर्ण युद्ध चलिरहेको बताएका छन् । ललितपुर प्रेस सेन्टरले खुमलटारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले  यस्तो बताएका हुन् । उनले प्रतिक्रियावादीहरुले माओवादी मुख्य लिडरसिपलाई घेरा हाल्ने  खोजि रहेको बताएका छन् ।  

उनले भने , ‘प्रतिक्रियावादीको माओवादी मुख्य लिडरलाई घेरा हाल्ने देखिएको छ । हामीले प्राथमिकताका साथ कसरी रक्षा गर्ने भन्न सक्नुपर्यो । अहिले रक्तपातहिन युद्ध नै चलिराखेको देख्छु । रक्तपातपूर्ण छैन हेर्दा शान्तिपूर्ण छ । हो गर्ने पनि त्यहीँ नै हो । हिजो प्रतिक्रियावादीले घेरा हाल्ने र सखाप पार्ने हुँदा तोडेर निस्कने हुन्थ्यो । अहिले पनि घेरा नै भ्रम दिने कोसिस भईराख्या छ । हामीले भ्रम चिर्ने घेरा तोड्ने र प्रतिवाद गर्ने हो ।’

उनले भने, ‘एउटाले हार्छ अर्कोले जित्छ भन्नेगरी लिनुहुँदैन । सबै साथीहरु आआफ्नो ठाउँबाट अधिकतम जनमत निर्माणमा प्रयास गरौं  । हामीले जित्दा समाजवादको आधार निर्माण गर्ने वातावरण बन्छ । हामी कमजोर हुँदै सबै परिवर्तनका उपलब्धि उल्टिने खतरा छ ।’

२०७९ कात्तिक २ ११:२९ बजे

प्रतिक्रिया