यस्तो रहनेछ आगामी शुक्रबार सम्मको मौसम

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ ०८:१० बजे
मौसम

काठमाडौं । हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको छ। हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम  सफा रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार  आजदिउँसो  देशका  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी  स्थानहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  देशको पहाडी भू-भागको थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ। 

 आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

बिहीबार

दिउँसो सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। 

राती देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। 

राती देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ कात्तिक २ ०८:१० बजे

प्रतिक्रिया