काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५१० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टीजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोहिअवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७० हजार ९९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया