चुनावमा प्रवासी नेपालीहरूलाई मताधिकारको व्यवस्था नगरेको भन्दै चुनाव बहिष्कार गर्न प्रवासी नेपालीको अपिल

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १ १५:४१ बजे
पत्रकार भेटधाट गर्दै एकता समाज

काठमाडौं । अखिल भारत नेपाली एकता समाजले विदेशमा रहेका नेपालीहरूलाई सम्बन्धित देशबाटै मताधिकारको प्रयोग गर्न पाउने सर्वोच्चको फैसला कार्यन्वयन नगरेकोमा विरोध जनाएको छ । सङ्गठनले मंगलबार बुटवलमा पत्रकार भेटघाट गर्दै एकता समाजको लामो समय सम्मको सङ्घर्षबाट विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न गरेको सर्वोच्चको फैसला कार्यन्वयन नभएको प्रति आपत्ती जनाएको हो ।

एकता समाजले भारतीय सीमा क्षेत्रमा हुने लुटपाट तथा अपमानजनक व्यवहारमा पर्ने नेपालीहरूका लागि काम गरिरहेको समेत जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै एकता समाजका अध्यक्ष देवबहादुर लामिछानेले भारतमा रहेका नेपालीहरूको सुरक्षा अवस्था दयनीय रहेको बताएका छन् । । नेपालीहरूले कमाएको धन सम्पत्तिको सुरक्षा हुन नसक्दा नेपालीहरू पीडित भएको छन् । त्यसका लागि सरकारले राज्यस्तरबाटै उचित कदम चाल्नु पर्ने आवश्यक रहेको उनको भनाई रहेको छ । भारतमा काम गर्ने मजदुरहरूका लागि सहज बैंकिङ सुविधा नहुँदा हुन्डीको मारमा पर्ने गरेको  उनले बताए । एकता समाजले भारतमा काम गर्ने मजदुरहरु , बिरामी भई उपचार गर्न जानेहरू र अध्ययनका लागि भारत गएका विद्यार्थीहरूलाई लक्षित गरी सहज बैंकिङ कारोबारका लागि राज्य स्तरबाट पहल कदमी लिन माग गरेको छ ।

एकता समाजले भारत द्धारा अतिक्रमण गरेको भूमि फिर्ताका लागि ठोस रुपमा कूटनीतिक पहल लिन सरकारसँग माग समेत गरेको छ। त्यसैगरी विश्वभरमा छरिएर रहेका प्रवासी नेपालीहरूलाई आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्ने व्यवस्था सरकारले नगरेको हुँदा प्रवासमा रहेका सबै नेपालीहरूका नेपालमा स्थित घरपरिवार,  आफन्त, साथीभाइहरू र आम मतदातालाई निर्वाचनमा मतदान नगरी बहिष्कार गर्न अपिल गरेको छ । 

पत्रकार भेटधाट माबोल्दै समाजका महासचिव महेन्द्र बस्यालले भारतले निरन्तर नेपाली भूमिको अतिक्रमण गरिरहेको भन्दै त्यसमा सरकारले कूटनीतिक तवरले समस्याको समाधान खोज्नु पर्नेमा त्यसो गर्न नसकेको बताए । नेपालमा हालसालै निर्माण सम्पन्न भएका गौतमबुद्ध विमानस्थल तथा पोखरा विमानस्थलमा भारतबाट सीधा उडानको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ । भारतबाट सीधा उडान भएमा दुवै देशका जनतालाई परस्पर लाभ हुने र नेपालको पर्यटनमा सहयोग पुग्ने बस्यालले विश्वास व्यक्त गरे ।राष्ट्रिय जनमोर्चा समन्वय समितिका महासचिव लाल बहादुर गाग्रीले नेपाली जनतामा सार्वभौम अधिकार रहेको त्यसको प्रयोग जनताले आफ्नो मताधिकार बाट गर्न पाउनुपर्नेमा नेपालका मतदाता ठुलो सख्या विदेशमा रहेको उनिहरु लाइ मतदान गर्न बाट वन्चित गरिएको र नेकपा( मसाल) लगाएत ८ वटा पार्टीले चुनाव बहिष्कार गरेको सन्दर्भमा नेपालमा रहेको  न्युनमतदाताले मात्र मतदान गर्ने  र मतदान भएका सम्पुर्ण मत मध्ये पनि खसेको मतको वहुमत नभइ अल्पमत ले  चुनाव जित्ने निर्वाचन प्रणाली बाट जितेकाहरुको वहुसँख्याक जनता माथि शासन गर्ने अधिकार नहुने हुँदा दलाल सँसदिय व्यवस्था अफाप सिध्द भइसकेको ले यसको विकल्प नँयाजनवादी व्यवस्थाको लागी चुनाव बहिष्कार गर्नु पर्ने  आवश्यक रहेको बताएका छन् । 

२०७९ कात्तिक १ १५:४१ बजे

प्रतिक्रिया