केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, पाइलटसहित सबैकाे ज्यान गयो

bimbonline एजेन्सी
२०७९ कात्तिक १ १४:५९ बजे
हेलिकप्टर दुर्घटना

काठमाडौं ।  भारतको उत्तराखण्ड केदारनाथ नजिकै गरुडछट्टीमा मंगलबार हेलिकप्टर दुर्घटना भएको छ । पाइलटसहित हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईले रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको बताएको छ ।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण ९युसीएडीए० का प्रमुख कार्यकारी अधिकृत सी रविशंकरले पत्रकारहरूलाई दुर्घटनामा हेलिकप्टरका पाइलट अनिल सिंहको पनि मृत्यु भएको जानकारी दिए । यसबाहेक हेलिकप्टरमा सवार अन्य ६ जनाको पनि मृत्यु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको केदारनाथमा भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘उत्तराखण्डमा भएको हेलिकप्टर दुर्घटनाबाट दुःखी भएको छु । दुःखको यस घडीमा, यस दुर्घटनामा ज्यान गुमाउनेका परिवारसँग मेरो समवेदना छ ।’राष्ट्रपति द्रौपदी मुर्मूले हेलिकोप्टर दुर्घटनामाथि दुःख जताएकी छिन् ।



२०७९ कात्तिक १ १४:५९ बजे

प्रतिक्रिया