यसरी मिलाइँदै आगामी निर्वाचनको सुरक्षा चाँजो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १ १२:४२ बजे
सुरक्षा चाँजो 

काठमाडौं । सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन भन्दा ३५ हजार बढाएर सुरक्षा कर्मी परिचालन गर्ने सरकारको तयारी रहेको छ त्यसबेला १ लाख ६२ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो  ।अहिले ३ लाख परिचालन गर्न लागेको गृहका प्रवक्ता पोखरेलले जानकारी दिए  ।

यसका लागि नेपाली सेनाबाट ७१ हजार नेपाल प्रहरीबाट ७१६९३,  सशस्त्र प्रहरीबाट ३५ हजार ,  म्यादी प्रहरीबाट १ लाख १५ हजार  र बाँकी राष्ट्रिय अनुसन्धान विभाग बाट परिचालन गर्ने तयारी रहेको छ ।

 सुरक्षाकर्मीको काम परिचालनको तरिका निर्वाह गर्नुपर्ने भूमिका अघिल्ला निर्वाचन जस्तै हुने जनाइएको छ । जसअनुसार सेनाले मतपत्रको ओसारपसार  मत पेटिका ढुवानी  तथा सुरक्षा निर्वाचन प्रभावित गर्ने कोही कसैलाई प्रयोग गर्नसक्ने बम तथा बिष्फोटक पदार्थ निस्तेज र मतदान केन्द्रको बाहिरी सुरक्षा घेरामा तैनाथिको  काम गर्ने छ ।

२०७९ कात्तिक १ १२:४२ बजे

प्रतिक्रिया