कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ अस्पताल भर्ना

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १ १२:१२ बजे
रामचन्द्र अधिकारी ‘काजी साप’

काठमाडौं । वरिष्ठ कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ अस्पताल भर्ना भएका छन् । निमोनियाको समस्याका कारण स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई परिवारले केही दिन अगाडि चाबहिलको मेडिकेयर अस्पतालको आइसीयूमा भर्ना गराएको जनाएको छ । 

अधिकारीको स्वास्थ्यमा केही सुधार भएका कारण सोमबार आइसीयुबाट साधारण वाडमा सारिएको छ । उनलाई अझै केहि दिन अस्पतालमानै राखेर उपचार गराउनुपर्ने अस्पतालले जनाएको छ । 

२०७९ कात्तिक १ १२:१२ बजे

प्रतिक्रिया