यि बैंकहरुले पाउँदैछन् ब्रोकर लाइसेन्स

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १ ०९:४० बजे
ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गत असोज २ मा ब्रोकर लाइसेन्स लिने इच्छुक कम्पनीसँग आवेदन माग गरेको थियो ।  जसमा नयाँ  ब्रोकर लाइसेन्स लिन ४५ कम्पनी ले आकांक्षा देखाएका छन् । धितोपत्रले तोकेको समय तालिका अनुसार विभिन्न ४५ कम्पनीले आवेदन दिएको हो । 

शेयर किनबेचको काम गर्ने ब्रोकर  लागि चुक्ता पुँजी २० करोड हुनुपर्ने व्यवस्था रहेको छ ।  मर्जिन  कारोबार गर्ने लगानी परामर्श सेवा दिने लगानी व्यवस्था गरिदिने र निक्षेप सदस्यको  काम गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड रुपैयाँ  रहेको छ ।  यही मापदण्ड अनुसार उनीहरुले आवेदन दिएका हुन् । 

नेप्सेका अनुसार आवेदन दिने बैंकहरूमा हिमालयन बैंक एन आई सी एशिया बैंक ,  प्रभु बैंक, माछापुच्छ्रे बैंक, मेघा बैंक, एनएमबी , राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक ,सानिमा,सन्नराइज र सेञ्चुरी कमर्सियल बैंक रहेका छन् । नेपाल धितोपत्र बोर्डले म्याद  सकिएको ३५ दिनभित्र लाइसेन्स वितरण वितरण गर्ने तयारी थालेको छ ।

मापदण्ड पूरा गरी आवेदन दिने सबैलाई लाइसेन्स दिने तयारी रहेको छ । अब बैंक तथा वित्तीय संस्थाले त्यो ब्रोकर लाइसेन्स पाउने भएका छन् । यसअघि २०६४सालमा नै बोर्डले  बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिने तयारी थालेको थियो तर अर्थ समितिले रोकेपछि अबरुद्ध हुनपुग्यो ।

२०७९ कात्तिक १ ०९:४० बजे

प्रतिक्रिया