आज देशभर सार्वजनिक बिदा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १ ०७:३३ बजे
सार्वजनिक बिदा

काठमाडौं । सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।  शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । उनको निधनको शोकमा आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने समेत निर्णय भएको गृहले जनाएको छ । 

२०७९ कात्तिक १ ०७:३३ बजे

प्रतिक्रिया