पेस्तोलसहित डँकैती गर्ने २ जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३१ १४:४७ बजे
-पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरमा डकैती गर्ने २ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरको मध्यपुर ठिमि–३ गठ्ठाघरमा पेस्तोल देखाएर डकैती गर्ने दुई जनालाई  पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा  उदयपुर उदयपुरगढी–७ का ४१ वर्षीय अम्बरबहादुर मगर र संखुवासभा पाँचखपन नगरपालिका–८ का रविन किशोर राई उर्फ सुवास रहेको प्रहरी कार्यालय प्रवक्ता एसपी कृष्ण कोइरालाले  जनाएका छन् । 

गते २५ गते विहान ३ गते डाँका डालेका उनीहरूलाई प्रहरीले चोरी तथा डाँका कसूर र हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूका साथबाट प्रहरीले मेडइन इटाली लेखेको पेस्तोल १ थान, फलामको रड,लगायतका हतियार बरामद गरेको छ ।

२०७९ असोज ३१ १४:४७ बजे

प्रतिक्रिया