प्रत्यक्षतर्फको मतपत्र नमुना सार्वजनिक, कतै सुर्य त कतै रुक छैन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३१ १२:५३ बजे
मतपत्र नमुना

काठमाडौं ।  निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ । छपाइ भइसकेका केही जिल्लाका मतपत्रको नमुना आयोगले सार्वजनिक गरेको हो ।

यसपटकको चुनावमा उम्मेदवार नभएका ठाउँमा उनीहरुको चुनाव चिह्न पनि राखिएको छैन ।  गठबन्धनका दलले देशैभरि तालमेल गरेकाले मतपत्रमा कतै रुख, कतै हँसिया हथौडा, कतै कलम र कतै गिलास चिह्न  राखिएको छैन ।

यस्तै, एमालेले पनि केही क्षेत्रमा विभिन्न दलसँग तालमेल गरेकाले केही मतपत्रमा सूर्य चिह्न राखिएको छैन । आयोगले सबै क्षेत्रको लागि छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको छ ।

२०७९ असोज ३१ १२:५३ बजे

प्रतिक्रिया