युक्रेनको राजधानी किभमा तीन वटा हवाई आक्रमण

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३१ १२:४३ बजे
युक्रेन

काठमाडौं । युक्रेनको राजधानी किभमा रुसले पुनस् आक्रमण गरेको छ । आज बिहानै किभमा तीन वटा हवाई हमला भएका त्यहाँका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मेयर भिटाली क्लिट्स्कोले आवासीय भवनहरू क्षतिग्रस्त भएको बताउनुभएको छ । राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री यर्माकले आक्रमण कामिकाजे ड्रोनबाट भएको दाबी गर्नुभएको छ । किभमा अघिल्लो हप्ता भएको आक्रमणमा परि १९ जनाको ज्यान गएको थियो ।

सरकारले स्थानीयलाई सुरक्षित ठाउँमा बस्न र खतराका साइरनको बेवास्ता नगर्न सचेत गराएको छ । कामिकाजे ड्रोन इरानमा बनेको हो । युक्रेनले इरानबाट रुसमा ड्रोन निर्यात गरिरहेको भन्दै आपत्ति पनि जनाएको छ ।

युक्रेनले आफूहरुलाई थप हवाई आक्रमण रक्षा प्रणाली सहयोग गर्न पनि अमेरिका र युरोपेली देशलाई आग्रह गरेको छ । इरानले भने रुसलाई ड्रोन आपूर्ति गरेको अस्वीकार गर्दै आएको छ। एजेनसी 

२०७९ असोज ३१ १२:४३ बजे

प्रतिक्रिया