काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा एक दिन विदा दिने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शोकमा एक दिन विदा दिने प्रस्ताव संस्कृति मन्त्रालयमा तयार भइसकेको जनाएका छन् । सरकारले निणर्य गर्न भने बाँकी रहेको छ ।
ललितपुरमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विदाको आधिकारिक सूचना सरकारी माध्यमबाट सार्वजनिक गरिने बताए ।
प्रतिक्रिया