प्रधानमन्त्री देउवाले ओढाए सत्यमोहनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३० १४:३३ बजे
सत्यमोहनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

ललितपुर महानगरपालिका कार्यालय परिसरमा जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको छ । 

जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभा सदस्य बामदेव गौतम, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारण पनि पुगेका छन् ।

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट श्रद्धाञ्जलीका लागि ललितपुर महानगरको नगर प्रहरी र नेपाल प्रहरीको स्कर्टिङमा पार्थिव शरीर ललितपुर महानगरको कार्यालयमा पुर्‍याइएको हो ।

१०३ वर्षका जोशीको उपचारका क्रममा आइतबार विहान किस्ट मेडिकल कलेजमा निधन भएको थियो । जोशीको पार्थिक शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।

२०७९ असोज ३० १४:३३ बजे

प्रतिक्रिया