नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना खेलाडीको प्याराग्लाइडिङबाट खसेर मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३० १३:५७ बजे
प्याराग्लाइडिङबाट खसेर मृत्यु

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ ।

आज बिहान पोखरामा प्याराग्लाइडिङबाट खसेर नेपाल आर्मीका २६ वर्षीय खेलाडी निसिम थापाको  मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले  जनाएका छन् । 

सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाइएको थियो । लगत्तै डाक्टरले मृत घोषित गरेको जनाइएको छ । 

२०७९ असोज ३० १३:५७ बजे

प्रतिक्रिया