अन्तिम श्रद्धाञ्जलीका लागि सत्यमोहन जोशीको शव ललितपुर महानगर लगियो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३० १३:२२ बजे
सत्यमोहन जोशीको शव

काठामाडौं । १०३ वर्षीयशताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीरलाई ललितपुर महानगरपालिका  लगिएको छ । जोशीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि शव यात्रा गर्दै ललितपुर महानगर  लगिएको हो । 

किष्ट अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतले श्रद्धाञ्जली दिन केहीबेर अस्पताल परिसरमा राखिएको थियो। त्यसअघि परिवारका सदस्यहरूले श्रद्धाञ्जली दिएका थिए।

महानगरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित नेता र मन्त्रीहरूको  सहभागि हुने भएका छन् । महानगर परिसरमा सर्वसाधारणले पनि श्रद्धाञ्जली अर्पण गर्न पाउनेछन्।

शवलाई जोशीकै इच्छाअनुसार नजलाइने निर्णय भएको छ। बिहान ललितपुर महानगरको रोहबरमा परिवार र अस्पताल प्रशासनबीच भएको छलफलपछि उनको शवलाई अस्पतालले संरक्षण गरेर राख्‍ने भएको हो।

अपरान्ह ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यस्तै ४ बजेदेखि ४स्३० बजेसम्म पुनः किस्ट अस्पतालमा लगेर आफ्नो शरीर मृत्युपर्यान्त मेडिकल साइन्सका विद्यार्थीहरुलाई अध्ययनका लागि हस्तान्तरण गरिने प्रणअनुसार किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको  छ । 

२०७९ असोज ३० १३:२२ बजे

प्रतिक्रिया