आचार्य बालकृष्ण स्ट्यानफोर्ड विश्वविद्यालयका प्रमुख वैज्ञानिकहरूको सूचीमा परे

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २९ २०:३६ बजे
आचार्य बालकृष्ण

काठमाडौं ।अमेरिकाको प्रतिष्ठित स्ट्यानफोर्ड युनिभर्सिटी र युरोपेली प्रकाशक एल्सेभियरले जारी गरेको विश्वका अग्रणी वैज्ञानिकहरूको सूचीमा पतञ्जलिका आचार्य  बालकृष्णको नाम समाावेश गरिएको छ । यसबाट खुसी व्यक्त गर्दै पतञ्जलि योगपीठका तर्फबाट पतञ्जली मात्र नभएर योगमा आस्था राख्ने अनुसन्धानकर्ताहरु पनि गौरवान्वित भएका छन् । यसअघि युएनओको संस्था यूएनएसडीजीले पनि आचार्य बालकृष्णलाई सम्मान गरिसकेको छ । 

सोही क्रममा स्वामी रामदेवले आचार्य बालकृष्णले वनस्पति विज्ञानमा आधारित चिकित्सा प्रणाली,योग आयुर्वेद चिकित्सा र चिकित्सा को नतिजा विश्वव्यापी स्तर मा महिमा भएको बता्रएका छन् ।  आयुर्वेदको क्षेत्रमा काम गर्ने पतञ्जलीसँग दुई एनएबीएच मान्यता प्राप्त अस्पताल र एनएबीएल छन् । त्यहाँ डिएसआइआर , सीसीपिएसीईएस र डीबिटी सँग सम्बद्ध अनुसन्धान प्रयोगशालाहरू छन्। 

आचार्य बालकृष्णको नेतृत्वमा पतञ्जलि अनुसन्धन संस्थानले धेरै आयुर्वेदिक जडीबुटीहरूमा व्यापक अनुसन्धान गरी विश्व प्रसिद्ध विभिन्न अनुसन्धान जर्नलहरूमा प्रमुख रूपमा प्रकाशि रहेका छन् । 

प्रतिष्ठानमा करिब ५ सय वैज्ञानिक निरन्तर अनुसन्धानमा संलग्न रहेको पतञ्जलीले जनाएको छ ।  

२०७९ असोज २९ २०:३६ बजे

प्रतिक्रिया